बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

समाचार

वीरगन्ज,२७ बैशाख  । बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ ।

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना. ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलीले नियन्त्रणमा लिएको हो । ट्रकमा रहेको सामानको भ्याट बाहेकको मुल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ ।

नियन्त्रणमा लिईएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *