पर्सा प्रहरीद्वारा करिब ७ लाख बराबरको अबैध समान बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,३१ बैशाख।

पर्सा प्रहरीले ६ लाख ९७ हजार २ सय ८० बराबरका विभिन्न मालबस्तुहरू पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ६ लाख ९७ हजार २ सय ८० रुपैयाँ बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू र मरिच नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जनाएका छन् ।

बैशाख ३० गते दिउँसो २:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.२४ अलौ चोक स्थित सडकखण्डबाट रु.६ लाख बराबरको मरिच १९ बोरामा ५७० के.जी. पक्राउ गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

बैशाख २९ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थितबाट भन्सार छलिएका ९७ हजार २ सय ८० रुपैया बराबरको कुर्ता सुरवाल ४२ पिस, जुत्ता ५९ जोर, रूमाल ११० पिस र पुजा थान कपडा १३२ मिटर पर्सा प्रहरीले बरामद गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *