पुस २३,काठमाडौ ।साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् ।
सो क्रममा उनले साझा बसमा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे विभिन्न रुटमा चलाउने जनाएकाे छ ।
तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै कम खर्च पर्ने जनाइएकाे छ ,साथै वातावरणमा प्रदुषण पनि न्यूनीकरण गर्न सकिन्छ । 

