बिरगंज ,२ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले रु. १० लाख ३८ हजार २ सय ३८ बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले ईनर्वा गाउँको ईलाकाबाट भन्सार छलिएका रु २ लाख १ हजार ९ सय ४५ बराबरको अमुल चिज,बटर,मख्खन सहित मोटरसाइकल पक्राउ गरेको छ।
त्यस्तै ,गुल्मले भन्सार चेकप्वाईन्टमा भारतबाट नेपालतर्फ भन्सार छलि अबैध रुपमा ल्याउदै गरेको मुल्य रु. ७ लाख ५ हजार २ सय २३ बराबरको बिभिन्न किसिमका औषधीहरु बरामद गरी आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
बिरगंज महानगरपालिका १६ स्थित बासझ्याङ्ग ईलाकाबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको ३७ हजार ५ सय बराबरको १५० लिटर घरेलु मदिरा बिरगंज गुल्मका सशस्त्र प्रहरीले बरामद गरी भन्सारयार्डको कम्पाउण्ड भित्रको नालामा बगाई नष्ट गरेको डिएसपी सिंहले जनाए।
साथै ,पर्साको धोविनी गाँउपालिका -२ हरिहरपुर स्थित सशस्त्र प्रहरीका एफओबी आस्वारीले भारतबाट नेपालतर्फ भन्सार छलि अबैध रुपमा मोटरसाइकलमा राखि ल्याउदै गरेको रु.२३ हजार ६ सय ९० बराबरको दाल तथा किराना सामान सहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएको मोटरसाइकलको रु.७० हजार बराबरको मुल्यांकन गरि सो बरामद गरीएको समानलाई आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
