रसीद आलम,बिरगंज ,१४ जेठ ।
पर्सा प्रहरीले छबीस लाख आठ हजार चार सय नवे बराबरको औषधी, कपडा तथा मोबाइलका पार्टसहरू बिरगंज १६ ईदगाह चोकबाट पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी तस्करी गरि नेपाल भित्र्याएका २६ लाख ८ हजार ४ सय ९० रुपैयाँ बराबरको मोबाईलका पार्टसहरू, खाद्यान्न, औषधी, खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरि आवश्यक कारवाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जनाएका छन् ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेका अनुसार जेठ १२ गते ९:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोक स्थित सडकखण्डबाट प्रहरीले सो अबैध कपडा, औषधी तथा मोबाईलका पार्टसहरू पक्राउ गरेको हो।
