सशस्त्र प्रहरीद्वारा ७ लाख ६८ हजार बराबरको तस्करीका कपडा बरामद।

समाचार

रसीद आलम,बिरगंज ,१४ जेठ ।

सशस्त्र प्रहरी पर्साले ७ लाख ६८ हजार ८ सय ५० रुपैयाँ  बराबरको भन्सार छलिएका अबैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहत बिओपि सिर्सियाबाट खटिएको टोलीले बिरगंज महानगरपालिका वार्ड नम्बर -१ भगुवा नाकाबाट जेठ १३ गते सो कपडा पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

भारतबाट अबैधरुपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखी उक्त कपडा छाडी ब्यक्तिहरु फरार भएको हुँदा कपडा बरामद गरी आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *