हुन्डी कारोबारमा संलग्न एक व्यक्ति ५७ लाख ४७ हजार रुपैयाँसहित पक्राउ

समाचार

काठमाडौं, २३ मंसिर ।
कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत अवैध रुपमा रकम कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

मिति २०८२।०८।२१ गते बिहान ९ बजे प्रहरीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले चेकजाँचको क्रममा श्रेष्ठको साथ तथा उनको कोठाबाट नेपाली नगद रु. ५७,४७,३५० (अक्षरेपी सन्ताउन्न लाख सतचालिस हजार तीन सय पचास रुपैयाँ) बरामद गरेको जनाएको छ।

उनीमाथि हुन्डीसम्बन्धी अवैध कारोबार गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *