मोरङ, २३ मंसिर ।
मोरङको रतुवामाई नगरपालिका–१ बाट ६७८ किलोग्राम लागुऔषध गाँजा सहित एक ट्रक र दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंसिर २१ गते इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रक चेकजाँच गर्दा फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको हो।
गाँजा बरामदसँगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–२ का समेल राई र सहचालक सहिदभूमि गाउँपालिका–१ का विक्रम विशुङ्खे पक्राउ परेका छन्। पक्राउ गरिएको दुवैलाई आवश्यक कारबाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
