२७ लाख ७७ हजारको मालसामान लोड रहेको ट्रक बिरगंजमा पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,२८ जेठ ।

बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले  नियन्त्रणमा लिएको छ।

जेठ २५ गते राती १०:४५ को समयमा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर स्थित सडकखण्डमा म.प्र.०३-००२ ख १४४० नम्बरको ट्रकलाई २७ लाख ७७ हजार ६ सय ४१ रुपैयाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानहरु सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा नियन्त्रणमा लिएको पर्सा प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

नियन्त्रणमा लिईएको ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जेठ २७ गते राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *