ग्रीनल्यान्ड स्कुलका विद्यार्थीद्वारा उपचाररत बिरामीलाई आर्थिक सहयोग ।

समाचार

बिरगंज ,३० जेठ ।

ग्रीनल्यान्ड माध्यमिक बिधालयमा अध्यनरत विद्यार्थीहरुले एक जना बिरामीलाई आर्थिक सहयोग गरेका छन् ।

आगलागीमा परी सिकिस्त अवस्थामा रहेका बिरगंज वडा नम्बर १२ का एक २२ वर्षीय युवक काठमाडौमा उपचाररत अवस्थामा रहेको र निजको आर्थिक अवस्था कमजोर भएको जानकारी भए पश्चात् विद्यार्थीहरुले आफ्नो खाजाको पैसा बचाएर बिरामीलाई ७ हजार ५ सय ५ रुपैया सहयोग गरेको ग्रीनल्यान्ड माध्यमिक बिधालयका प्रधानाध्यापक कृष्ण प्रसाद पन्डितले जनाएका छन् ।

बिरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा रहेको ग्रीनल्यान्ड माध्यमिक बिधालयका विद्यार्थीहरुको यस कार्यको सराहना बिधालयको प्रशासन पक्षले गरेको छ ।अगामी दिनहरु विद्यार्थीहरुले यस्तै सकारात्मक कार्यहरु गर्ने अपेक्षा गर्दै विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना प्रधानाध्यापक पन्डितले दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *