रसीद आलम,बिरगंज ,६ असार।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले २ लाख २४ हजार रुपैयाँ बराबरको धान सहितको ट्याक्टर नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ।
विशेष सूचनाको आधारमा बुधबार अलौ गुल्मका डिएसपी बिकास अधिकारिको कमाण्डमा खटिएको टोलीले१६० बोरामा ६४ क्विन्टल धान भारतबाट अबैध रुपमा नेपालतर्फ ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा पर्साको बिरगंज महानगरपालिका- १७ स्थित अलौ ईलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
ना ४ त ९४१५नम्बरको ट्याक्टरमा लोडगरि नेपालतर्फ ल्याउदै गरेको धान सहित ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
प्रवक्ता डिएसपी सिंहका अनुसार सशस्त्र प्रहरीको टोलिलाई देख्नसाथ धान सहितको ट्याक्टर छाडी चालक फरार भएको हुँदा उक्त ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार बुझाईएको हो।
साथै ,अलौ गुल्मकै डिएसपी बिकास अधिकारिको कमाण्डमा खटिएको गस्ति टोलीले अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.५५ हजार ६ सय ३५ बराबरको किराना सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
