प्रहरी चौकी ईनर्वाद्वारा लागु औषधसहित ३ जना पक्राउ ।

समाचार

रसीद आलम,बिरगंज ,५ असार।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएका टोलिले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पोखराको अनुप थापा क्षेत्री ,सरोज राना मगर र जितपुर सिमराको कुशल मगर रहेको प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकरचार्य गेटनीर मंगलवार प्रहरी चौकी ईनर्वा र लागु औषध नियन्त्रण व्यूरो शाखा बिरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो।

भारतबाट नेपालतर्फ संकाष्पदरूपमा पैदल हिंडि आईरहेको अवस्थामा तिनै जनालाई खानतलासी गर्दा रातो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध डाईजेपाम-४० एम्पुल, फेनारगन-४० एम्पुल, नुरफिन-४० एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी गराएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *