सशस्त्र प्रहरी पर्साद्वारा लाखौं मुल्य बराबरको भन्सार छलीका समान पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,५ असार।

सशस्त्र प्रहरी पर्साले २ लाख ९ हजार ९ सय ८५ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न समानहरु पक्राउ गरेको छ।

प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको भन्सार मुल्य रु १ लाख ५४ हजार बराबरको १५४ केजी काजु,५ हजार ९ सय ८६ बराबरको छोहडा र मुल्य रु ५० हजार बराबरको फोटोकपी मेसिन बरामद गरि आवश्यक कार्वाहीको लागी  बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *