वीरगंजबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

समाचार

पर्सा,६ असार  । वीरगंज महानगरपालिका-१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे संचालक सोही  महानगरपालिका-१० बस्ने २४ वर्षीय रोसन मेहता समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६ सय ५५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *