सशस्त्र प्रहरी पर्साद्वारा १० लाखको सामान भन्सार दाखिला, स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ।

समाचार

रसीद आलम,बिरगंज ,७ असार।

सशस्त्र प्रहरी पर्साले १० लाख २० हजार बराबरको भन्सार छलीका सामान पक्राउ गरेको छ। साथै स्रोत नखुलेको १ लाख ९९ हजार भारतीय रुपैया सहित एक जनालाई नियन्त्रणमा लिएको छ् ।

असार ६ गते पर्साको बिरगंज महानगरपालिका -१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको भन्सार मुल्य रु.१० लाख २० हजार ४ सय ६० बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपाट्स,  हार्डवयर, तथा नर्मल औषधि बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

साथै बिहीबार भन्सार मेनगेट स्थित चेकप्वाईन्टबाट गुल्म बिरगंजबाट खटीएको डिउटी टोलिले भारतको रक्सौलबाट ना ६५ प ६५३१ नम्बरको मोटरसाइकलमा सवार भारत पुर्वि चम्पारण नायक ग्राम पन्चायत वडा नम्बर ६ नायकटोला बस्ने अनुरुद महतोलाई भारती रुपैयाँ १ लाख ९९ हजारसहित पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

बिरगंजतर्फ आउने क्रममा निजमाथि संका लागि चेकजाँच गर्ने क्रममा निजको साथबाट सो प्रतिबन्धित भारतीय नोट फेला परेको हुदा निजलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *