रसीद आलम,बिरगंज ,३१ असार।
सशस्त्र प्रहरी पर्साले ८ लाख २२ हजार २ सय १५ बराबरको सामान पक्राउ गरेको छ।
असार ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले बिरगंज- १४ गण्डक चोकबाट भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको रु. ३ लाख २९ हजार ,४ सय ६५ बराबरको किराना र हार्डवयरका सामान नियन्त्रणमा लीई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बिरगंज -१७ अलौ चौकबाट रु.१ लाख ४१ हजार ९ सय ९० बराबरको कपडा र किराना सामान बरामद गरेको छ भने प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको गाडी मोबाईल टोलीले बिरगंज -१६ ईनर्वा बाँसझ्याङ्ग ईलाकाबाट रु. २ लाख ४७ हजार ७ सय ६० बराबरको लेडिज कपडा, किराना सामानहरु र रु. ८० हजार बराबरको १ वटा पशुचौपाया भैसी नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले बताए।
त्यस्तै ,बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले बिरगंज -२४ बहुअरी चोकबाट मूल्य रु. २३ हजार बराबरको किराना सामान बरामद गरि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ।
