नक्कली नोटसहित एक जना पक्राउ

समाचार

बारा ,५ साउन । सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान जम्मा रु.८५ हजार नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलिले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *