सशस्त्र प्रहरी पर्साद्वारा साढे १० लाख बराबरको सामान बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,२० साउन ।

सशस्त्र प्रहरी पर्साले भन्सार छलिका विभिन्न  सामान पक्राउ गरेको छ।

पर्साको बिरगंज महानगरपालिका-१६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटीएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि बिभिन्न सार्बजनिक सवारी साधनहरुमा लोडगरी नेपालतर्फ ल्याउदै गरेको रु. १० लाख ६३ हजार ८ सय २३ बराबरको कपडा, किराना सामान, मोटरपार्टस, हार्डवयर/पलम्विङ्गको सामान तथा  कस्मेटिक सामानहरु नियन्त्रणमा लिएको  प्रवक्ता डिएसपी देबेन्द्र सिंहले जनाएका छन् ।

उक्त सामानहरु आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *