पर्सा प्रहरीको बिर्ताद्वारा करिब १४ लाखको भन्सार छलीका विभिन्न समान बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,२२ साउन ।

बिर्ता प्रहरीले भन्सार छली चोरी तस्करीका विभिन्न समान बरामद गरि भन्सार दाखिला गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय बिर्ताले विभिन्न मिति र समयमा करिब १४ लाख बराबरको चोर तस्करीका मालसामान पक्राउ गरेको जनाएको छ।

बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा तथा मातहतका युनिट्बाट खटिएको प्रहरी टोलीले पर्साको बिरगंज महानगरपालिका वडा नं.१६ ईनर्वाटोल, ईनर्वागाउं, नगवा, वडा नं.३ भकुवा, वडा नं.१ छपकैया लगायत विभिन्न स्थानहरुबाट भंसार छली चोरी पैठारी गरी नेपाल भित्राएका १३ लाख ७३ हजार ४ सय ६० रुपैयाँ बराबरको मोबाईल चार्जर हेड ८३० पिस, बोलबम भेस्ट कमिज ५१६ पिस, बोलबम कटु १०७ पिस, जेन्स कुर्ता ४९ पिस, ट्राउजर ९ पिस, मोबाईल कभर २५५ पिस, मोबाईल ग्लास २१ प्याकेट, होल्डर ७ प्याकेट, पंखा रड १८ पिस, ग्यास रेगुलेटर ७ कि.ग्रा.,मोबाईल डाटा केबल १४६८ पिस, वाल सिल ३६ पिस, मोबाईल किट ११ पिस, बेल्ट ४६ पिस, बच्चाको भेस्ट कटु ५ पिस, सेकेन्ड एच डिडि केड्डी ३९ पिस,एस एस डि १६६ पिस, लेडिज टप्स २३८ पिस, मोबाईल चार्जर ८२ पिस लगायतका समानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भंसार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *