काठमाडौं ,१४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत तराई क्षेत्रमा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भएको जानकारी दिएका छन्। उनका अनुसार अब किसानलाई सिँचाइका लागि प्रयोग हुने बिजुली प्रतियुनिट ३ रुपैयाँमा उपलब्ध गराइनेछ।
प्रधानमन्त्री ओलीले यस योजनाले तराईका किसानलाई सहज सिँचाइ सुविधा उपलब्ध गराउँदै कृषिजन्य उत्पादनमा वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्। सरकारको यो पहलले किसानलाई थप आत्मनिर्भर बनाउने र कृषि क्षेत्रलाई सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
