राष्ट्रिय जनता दलका नेता यादवको निधन।

बिदेश समाचार

पुस -३०।नयाँदिल्ली-राष्ट्रिय जनता दलका वरिष्ठ नेता शरद् यादवको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका पूर्व केन्द्रीयमन्त्री यादवको दिल्लीको गुरुग्रामस्थित फोर्टिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी ७५ वर्षका थिए । यादव लामो समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।

दिवंगत यादवको पार्थिव शरीरलाई मध्यप्रदेशस्थित उनको जन्म गाउँमा अन्तिम संस्कार गरिने भएको छ ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस नेता राहुल गान्धी, राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलगायतले दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *