करिब ४४ लाख बराबरको कपडा लोड रहेको ट्रक पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,२३ साउन ।

त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस बराबरको कपडाहरु लोड रहेको ट्रक पर्सा प्रहरीले बिरगंजको बहुवरी चोकबाट पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकलाई रोकि चेकजाँच गर्दा बिलबिजक सन्कास्पद रहेकाले ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार साउन २१ गते वीरगञ्ज म.न.पा.वडा नं.२४ बहुवरी चोक  स्थित सडकखण्डबाट प्र.२-०३००-१ ख ५१३७ नम्बरको ट्रकमा रू. ४३ लाख ९४ हजार ३ सय ३२ बराबरको कपडाहरू लोड रहेको र चेकजाँचको क्रममा सन्कास्पद देखिएकाले ट्रक पक्राउ गरि आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *