रसीद आलम ,बिरगंज ,२३ साउन ।
सशस्त्र प्रहरी बल पर्साले १२ लाख ५० हजार स्रोत नखुलेको नेपाली रुपैया सहित हुन्डिको आशंकामा दुईजनालाई पक्राउ गरेको छ।
साउन २२ गते पर्साको बिरगंज म.न.पा.-२५ सिर्सिया नाकाबाट बि.ओ.पि. ड्राईपोर्टको सशस्त्र प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना ३५ प ६७१६ नम्बरको मोटरसाइकल र बिआर ०५ ए ए ०९०६ नम्बरको भारतीय मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा श्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँ भेटिएको हुँदा उक्त मोटरसाइकलहरु सहित एक जना नेपाली नागरिक र एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।
आवश्यक कारवाहीको लागि मोटरसाइकल र ब्यक्तिहरुलाई हुन्डिको रकम सहित बिरगंज भन्सार कार्यालयमा बुझाएको डिएसपी सिंहले जानकारी दिए।
