घरको छतमा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु

समाचार

रौतहट,२६ साउन  । छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।

आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *