फेसबुकमा भ्रामक विषय राख्नेलाई गौरका मेयर साहको चेतावनी

राजनीति समाचार

 

रौतहट,३० साउन  । रौतहटको सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले आफूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेमाथि कारबाहीको चेतावनी दिएका छन्।

मेयर साहले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिबिधि गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन्। पछिल्लो केही दिनदेखि मेयर साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरलगायत गौर-९ का जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीबारे कपोलकल्पित, निराधार तथा भाम्रक कुरा सामाजिक सञ्जालमा अडियो/भिडियो सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनले कपोलकल्पित, निराधार तथा भाम्रक कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने गराउने व्यक्ति तथा समूहको घोर भर्त्सना गर्दै त्यस्तो व्यक्ति वा समूहको बारेमा पत्ता लगाई आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याई प्रचलित ऐन, नियम बमोजिम कडा कारबाही गर्न माग गरेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *