पर्सा सशस्त्रका भिखमपुर गुल्मद्वारा लाखौं मुल्य बराबरको भैंसी र बोईलर कुखुरा पक्राउ।

राजनीति

रसीद आलम,बिरगंज ,६ भदौ।

सशस्त्र प्रहरी बल पर्साले लाखौं मुल्य बराबरको भैंसी ,पाडा- पाडी र प्रतिबन्धित भारतिय बोईलर कुखुरा पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरका डिएसपी रिवाज दहालको कमान्डमा खटिएका टोलिले बिहीवार बिहान् ३:३० बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिका वार्ड नम्बर -१ बाट करिब २ लाख बराबरको ८ गोटा भैंसी ,पाडा- पाडी बरामद गरेको छ।

विशेष सूचनाको आधारमा जगरनाथपुर गाउँ पालिका वार्ड नम्बर -१ को पाडेपुर स्थित दशगाजा एरियाबाट सो भैसीहरु बरामद गरि भिखमपुर गुल्ममा ल्याई लिलामी प्रक्रिया गरेको सशस्त्र प्रहरीले जनाएको छ।

भैंसीहरु चोरी तस्करी गरि भारतबाट नेपालतर्फ ल्याईरहेको अवस्थामा पक्राउ गरिएको गुल्मले जानकारी गराएको छ।

त्यस्तै, भिखमपुर गुल्मका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश श्रेष्ठको कमान्डमा २८ वटा लगभग ११२ केजी प्रतिबन्धित भारतीय बोईलर कुखुरा सशस्त्र प्रहरीले बरामद गरेको छ।

 

आज बिहान् १०:५० मा भारतबाट  नेपालतर्फ ल्याउदै गरेको अवस्थामा जिराभवानिपुर -१ बलुवा सिमानाकाबाट सो परिमाणको बोईलर कुखुरा पक्राउ गरि गुल्मको कार्यालय परिसरमा स्थानीय भद्रभलादमी ,बुद्धिजीवी र पत्रकारको रोहवरमा नष्ट गरिएको डिएसपी रिवाज दहालले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *