करेसाबारिमा तस्करहरुद्वारा लुकाईएको लाखौं मुल्यको कपडा बरामद ।

समाचार

बिरगंज ,२० भदौ।

सशस्त्र प्रहरी पर्साले बिरगंज महानगरपालिका-२५ खलवा गाँउ स्थित एक करेसाबारिमा तस्करहरुद्वारा लुकाई राखेको अवस्थामा लाखौं मुल्यको कपडा बरामद गरेको छ।

बिहिवार राती १:२० बजेको समयमा प्रस्तावीत सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालकाे कमाण्डमा तथा नं.१३ गण हे.क्वाबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार उमेश यादवकाे सन्युक्त टाेलिले रु.७ लाख बराबरको भन्सार छलीका कपडा बरामद गरेको सशस्त्रले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अबैध रुपमा भन्सार छली करेसाबारिमा लुकाई छिपाई राखेकाे विशेष सुचनाकाे आधारमा सो परिमाणको कपडा बरामद गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *