पर्सा:पोखरिया प्रहरीको छापामारी ,लागू औषध गाजा सहित एक जना पक्राउ।

समाचार

बिरगंज ,२८ भदौ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका ईलाका प्रहरी कार्यालय पोखरियाले छापामारी गरि लागू औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बहुदरामाई -३ पदमवल गम्हरियाका अन्दाजी वर्ष ३८ का रफिक महम्द रहेको प्रहरीले जनाएको छ।

रफिक महम्दले आफ्नै घरमा लागू औषध गाजा बिक्रीवितरण गरिरहेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालको कमान्डमा खटिएका प्रहरी टोलिले छापामारी गरि रफिक महम्दको घरबाट १५ किलो ग्राम गाजा बरामद गरेको छ।

भदौ २७ गते बिहीबार दिउँसो करिब १ बजेको समयमा बहुदरामाई -३ पदमवल गम्हरियामा रहेको महम्दको घरमा प्रहरीले छापामारी गरेको थियो ।

सो सम्बन्धमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *