बालुवाटार जग्गा प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

समाचार

काठमाडौं, १२ असार । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार शाहलाई पक्राउ परेको हो ।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  ।

 

सोही प्रकरणमा भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *