१७ लाख बराबरको भन्सार छलिका विभिन्न सामान बरामद ।

समाचार

बिरगंज ,५ असोज ।

सशस्त्र प्रहरी बल पर्साले १७ लाख २७ हजार २ सय ८० बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरि भन्सार दाखिला गरेको छ ।

असोज ४ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलिले पर्साका बिरगंज -१६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट १४ लाख ६४ हजार ७ सय ७० बराबरको किराना सामान, कपडा, जुता र बिभिन्न किसिमको औषधि सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

अबैध रुपमा भन्सार छली बिभिन्न सार्वजनिक सवारी साधनहरुमा तथा ना ५७ प ५३२६ नम्बरको मोटरसाइकलमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त किराना सामान, कपडा, जुता र बिभिन्न किसिमको औषधि लगायत मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले जनाए।

साथै वि.ओ.पि सिर्सियाबाट खटिएको टोलिले रु. २ लाख १० हजार ५ सय १०।- बराबरको कपडा नियन्त्रणमा लिएको छ।त्यस्तै वि.‌ओ.पि. अमरपट्टीबाट खटीएको टोलीले रु.५२ हजार  बराबरको कपडा बरामद गरी भन्सार दाखिला गरेको डिएसपी सिंहले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *