पर्सा प्रहरीद्वारा करिब २ करोडको विभिन्न मालसामान लोड रहेको दुईवटा ट्रक पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,७ असोज ।

पर्सा प्रहरीले करिब २ करोड बराबरको विभिन्न मालबस्तुहरू लोड रहेको दुईवटा ट्रकहरु पक्राउ गरेको छ।

चेकजाँचको क्रममा बिलबिजक सन्कास्पद देखिएका १ करोड ९४ लाख २४ हजार ७ सय ६ रुपैयाँको विभिन्न मालसामान लोड रहेका ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जनाएका छन् ।

पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा असोज ५ गते बेलुका ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१९ स्थित सिर्सिया चोकबाट ना.५ ख १६७ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको हो।

वीरगञ्जबाट काठमाण्डौतर्फ लैजाँदै गरेको सो ट्रकमा रू.१ करोड ४२ लाख १ हजार ७ सय ९२ बराबरको हार्डवेयर लोड रहेको र साथमा रहेको विल विजक सन्कास्पद देखिएकाले ट्रक लाई मालसामान सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रवक्ता डिएसपी दिपक भारतीले जनाए।

त्यस्तै ,असोज ४ गते राति १०:१५ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २५ ड्राईपोर्ट स्थित सडकखण्डबाट ना.७ ख ७४२४ नम्बरको मालबाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

साथमा रहेको विल विजक भन्दा बढीका हार्ड सुटकेस विथ ट्रली लगायतका मालबस्तुहरू लोड गरी आईसिपिबाट वीरगञ्जतर्फ ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सो ट्रकलाई पक्राउ गरेको छ।

उल्लेखित नम्बरको मालबाहक ट्रकमा रू.५२ लाख २२ हजार ९ सय १४ बराबरका हार्ड सुटकेस विथ ट्रली लगायतका मालबस्तुहरू लोड रहेको तथा बिलबिजक सन्कास्पद देखिएकाले ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी भारतीले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *