पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

समाचार

काठमाडाैं, २५ असाेज । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

 

गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजकाे आइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।

 

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न आएकाे छ ।

 

प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।

प्रहरीको विज्ञप्तिः ज्यान मार्ने उद्योगका फरार व्यक्तिहरु पक्राउ

 

मिति २०८१।०६। २१ गते राती अं. २१:१० बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाँउ स्थित सडक खण्डमा वर्ष ४६ को पुण्य राज गौतम माथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाईते बनाई फरार भएको र निज घाईते पुण्य राज गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटि गई उक्त वारदातमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१।०६।२२ गते अं. २२:३० बजेको समयमा रड प्रहार गरी फरार रहेका टासी लामा भन्ने संजिव तामाङलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुर मुद्धा दर्ता गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदानलाई मिति २०८१।०६।२३ गते अं. १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ७ गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको ।

 

क) पक्राउ परेका व्यक्तिहरु:-

१) जि. काभ्रेपलान्चोक तेमाल घर भई हाल जि. भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ ।
२) जि. रसुवा नवकुण्ड गा.पा.वडा नं. ०५ घर भई का.जि. गोकर्णेश्‍वर न.पा. वडा नं. ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदान ।

 

ख) बरामद दशी:-
१. रड थान – १
२. मोवाइल थान – ३

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *