बिरगंज ,१ कार्तिक।
बाराको प्रसौनी गाउँपालिका वार्ड नम्बर -१ नकटुवा नहरको डिलमा एक शव बरामद भएको छ।
बिरगंज महानगरपालिका -३ छपकैया वस्ने बिन्दा साहको छोरा वर्ष ३५ को बिरेन्द्र साह सोनारको शव रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिरेन्द्र साह सोनार मेला देख्न बाराको मुशहर्वामा गएको र आइतबार देखि सम्पर्क बिहिन हुदा प्रहरीले खोजतलास गर्दा निजको शव बरामद भएको छ ।
शवलाई पोष्ट्मार्टमाका लागि अस्पताल पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
