वीरगञ्जमा १ करोड १४ लाख बराबरको लत्ताकपडा र औषधीसहितको ट्रक नियन्त्रणमा

समाचार

रसीद आलम ,पर्सा, कार्तिक  ७। जिल्ला प्रहरी कार्यालय पर्साले १ करोड १४ लाख ५१ हजार ८ सय ३३ रुपैयाँ बराबरको लत्ताकपडा र औषधीसहितको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा, २०८१ कार्तिक  ६ गते राति करिब १०:१५ बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकमा ना ३ ख ५१८७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उक्त ट्रक वीरगञ्जबाट कास्की तर्फ लैजाँदै गर्दा, त्यसमा भएको बिल विजकमा उल्लेखितभन्दा धेरै मात्रामा लत्ताकपडा र औषधीहरू लोड गरिएको पाइएको छ। ट्रकमा लोड गरिएका सामानहरूको अनुमानित मूल्य १ करोड १४ लाख ५१ हजार ८ सय ३३ रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएका सामानहरू थप अनुसन्धान र कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाएको प्रवक्ता
प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *