पर्सामा ७ हजार गाँजाका बोट फँडानी गरी नष्ट

समाचार

रसीद आलम,पर्सा, ७ कार्तिक ।

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ थरकटीस्थित अवैध गाँजा खेती फँडानी गरी नष्ट गरिएको छ। कार्तिक  ७ गते दिउँसो ३:३० बजेदेखि साँझ ५:०० बजेसम्म इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीसहितको २० जनाको संयुक्त प्रहरी टोलीले १ बिघा क्षेत्रमा फैलिएको ७ हजार गाँजाका बोट नष्ट गरेको हो।

प्रहरीले अवैध गाँजा खेतीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। गाँजा फँडानी तथा नष्ट गरिएको उक्त कारबाही जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा भएको हो।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक  भारतीले यसबारे जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *