पर्सा जिल्लामा लागुऔषधसहित एक युवक पक्राउ

समाचार

वीरगंज,७ कार्तिक । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं १६ स्थित रजत जयन्ती चोकमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मातहतको ईनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ आइरहेका पैदल यात्रुहरूको चेकजाँच गर्ने क्रममा उक्त युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने युवक भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्ला, बेतिया, ढारौला पञ्चायत वार्ड नं ३ का २३ वर्षीय शाबा करीम साह रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरज चौलागाईंले जनाएका छन ।

उनको साथबाट प्रहरीले विभिन्न प्रकारका १८० थान लागू औषध बरामद गरेको छ, जसमा ६० थान फेनारगन, ६० थान डाइजेपाम, र ६० थान नुरफिन रहेका छन्। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *