उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई दियो जिम्मेवारी

राजनीति समाचार

काठमाडौँ ,२१ कार्तिक । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ ।

कांग्रेस उपनिर्वाचन केन्द्रीय संयोजन समितिले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको हो ।

जसमा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई बागमती प्रदेश, भीष्मराज आङ्दम्बेलाई कोशी प्रदेश, महेन्द्र यादवलाई मधेश प्रदेश, जीवन परियारलाई कर्णाली प्रदेश एवं गण्डकी प्रदेश, डा. प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, एनपी साउदलाई सुदूरपश्चिम प्रदेश, पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय, मीन विश्वकर्मालाई प्रचार प्रसार संयोजन, मधु आचार्यलाई स्थानीय तह समन्वय र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापनको जिम्मेवारी दिइएको कांग्रेस  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सकृयताका साथ अघि बढ्ने निर्णय पनि गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *