सशस्त्र प्रहरीद्वारा पर्सामा करिब ५४ लाख बराबरको अवैध सामान र बिलबिनाको ट्रक भन्सारमा बुझाइयो।

समाचार

बिरगंज ,३० कार्तिक।

सशस्त्र प्रहरी बल पर्साले रु. ५३ लाख ८८ हजार ६ सय ४० बराबरको अवैध सामान र बिल बिजक विनाको ट्रक भन्सार कार्यालयमा बुझाएको छ।

कार्तिक २८ गते प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका-२५, चण्डाल चोकमा ना ५ ख ८१४१ नम्बरको ट्रकलाई चेकजाँच गर्दा बिलबिनाको सामान फेला परेको थियो।

ट्रक चालक मकवानपुर, थाहा नगरपालिका-१, पालुङ बस्ने ५५ वर्षीय लक्ष्मण गोपालीलाई नियन्त्रणमा लिई, ट्रक र भित्र रहेको सामानको मुल्यांकन गरियो। सामानको मूल्य रु. ३३ लाख ८८ हजार ६ सय ४० र ट्रकको मूल्य रु. २० लाख गरी कुल रु. ५३ लाख ८८ हजार ६ सय ४० कायम गरी, आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रवक्ता डिएसपी बिष्णु हरि घिमिरेले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *