पत्रकारमाथि हुने आक्रमण रोक्न माग

समाचार

पोखरा ,३ मंसिर । समाजवादी प्रेस संगठन नेपाल कास्कीले पत्रकारमाथि हुने आक्रमण रोक्न माग गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै कास्कीमा श्रृंखलाबद्ध पत्रकारमाथि आक्रमण भएको भन्दै रोक्न माग गरेको हो।

सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा गरेको प्रदर्शनका क्रममा प्रहरीले पत्रकारमाथि पटकपटक अभद्र व्यवहार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *