बारामा ६० किलो चाँदीसहित एकजना पक्राउ

बिदेश राजनीति समाचार

बारा ,२३ मंसिर ।

जिल्ला प्रहरी कार्यालय बाराले १ करोड २ लाख रुपैयाँ बराबरको ६० किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। २०८१ मंसिर २२ गते बिहान करिब ११:२० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा चाँदी बरामद गरेको हो।

प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा वीरगञ्जबाट हेटौंडा जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ३२६ नम्बरको स्कुटरमा फल्स बटम बनाई लुकाइएको ६० किलो चाँदी बरामद गरिएको छ।

पक्राउ पर्नेमा जिल्ला बारा, कलैया उपमहानगरपालिका–५, घुसुकपुर निवासी ३६ वर्षीय कर्म साह सोनार रहेको प्रहरीले जानकारी दिएको छ ।

बरामद सामग्री:

६० किलो चाँदी (अनुमानित मूल्य: १ करोड २ लाख रुपैयाँ)।

बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार नियन्त्रणमा लिइएको व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *