खानेपानी र सरसफाइमा नयाँ सोचको आवश्यकता: मन्त्री प्रदीप यादव

बिदेश राजनीति समाचार

रसीद आलम , काठमाडौ ,२३ मंसिर ।

खानेपानी मन्त्री प्रदीप यादवले राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको छैटौं साधारण सभाको उद्घाटन गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै उनले सभा र अधिवेशनले खानेपानी तथा सरसफाइ क्षेत्रमा नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढ्न मार्गचित्र तयार गर्ने विश्वास व्यक्त गरे।

मन्त्री यादवले महासंघले छोटो समयमा खेलेको भूमिकालाई अत्यन्त सराहनीय भन्दै लाखौं नागरिकलाई गुणस्तरीय खानेपानी सेवा र सरसफाइ सुविधा उपलब्ध गराउन महासंघले प्रस्तुत गरेको सकारात्मक उदाहरणको प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जनताको जीवनस्तर सुधार्न र समृद्ध नेपाल निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। साथै, उनले महासंघका सम्पूर्ण सदस्यलाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यका लागि शुभकामना व्यक्त गरे।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *