बिरगंज ,२३ मंसिर ।
पर्सा जिल्लाको इनर्वा प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले ४ किलो ४ सय ग्राम लागु औषध चरेससहित एकजनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंसिर २२ गते दिउँसो २ बजे वीरगञ्ज महानगरपालिका–१६ शङ्कराचार्य गेट अगाडि चेकजाँचको क्रममा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–४ निवासी २३ वर्षीय दिपेन्द्र दर्जीलाई नियन्त्रणमा लिइएको हो।
दर्जीलाइ नेपालबाट भारततर्फ चरेस लैजाँदै गरेको अवस्थामा शरीरमा लुकाइछिपाई राखिएको चरेससहित पक्राउ गरिएको हो। पर्सा प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।
