पर्सामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्य बराबरको अवैध काठ बरामद।

बिदेश राजनीति समाचार

पर्सा, २ पुस ।

जिल्ला पर्साको वीरगंज महानगरपालिका–२९ रतनपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक आन बहादुर गुरुङको नेतृत्वमा खटिएको टोली र डिभिजन वन कार्यालय पर्साका फरेष्टर श्रवण महत्तोको नेतृत्वमा खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा अवैध काठ बरामद गरेको छ।

रतनपुरमा नुरहुदा मियाले सञ्चालन गरेको चिरान स–मिलमा लुकाइ गोदाममा राखिएको अवस्थामा रू. १ लाख २९ हजार ६ सय ६५ बराबरको तयारी चौकस ४४ थान (२८.१ क्यु.फिट) र गोलिया काठ १ थान (७.५ क्यु.फिट) फेला परेको हो।

बरामद काठलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णु हरी घिमिरेले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *