पर्सा, ४ पुस ।
सशस्त्र प्रहरी बल, गुल्म वीरगञ्जबाट खटिएको टोलीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका-१६ को विभिन्न सीमाक्षेत्र र भन्सार मेनगेटबाट भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन खोजिएका सामानहरू बरामद गरेको छ।
बरामद गरिएका सामानहरूमा कपडा, किराना सामान, मोटर पार्टस, हार्डवेयर, जुत्ता, र इलेक्ट्रिक उपकरणहरू रहेका छन्। ती सामानहरूको कुल मूल्य रु. ९ लाख ८७ हजार १ सय १५ रहेको छ। ती सामानहरू विभिन्न यात्रुबाहक सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउने प्रयास भइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
बरामद गरिएका सामग्रीहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विष्णु हरि घिमिरेले जानकारी दिएका छन्।
