खानेपानी मन्त्री यादवद्वारा नुवाकोटका विभिन्न खानेपानी आयोजनाको स्थलगत निरीक्षण

बिदेश राजनीति समाचार

विदुर, नुवाकोट, ७ पुस ।
खानेपानी मन्त्री प्रदीप यादवले शनिबार  नुवाकोटको विदुर नगरपालिकामा निर्माणाधीन विभिन्न खानेपानी आयोजनाहरूको स्थलगत निरीक्षण गरेका छन्। उनले विदुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना, वेलावती खानेपानी आयोजना लगायतका संरचनाहरूमा भइरहेको निर्माण कार्यको अवस्थाका साथै पहिरोले क्षति पुगेका स्थानहरूको अवलोकन गरे।

निरीक्षणका क्रममा उनले विदुर नगरपालिकाका मेयर र अन्य सरोकारवालासँग छलफल गरी आयोजना सञ्चालनमा देखिएका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। मन्त्री यादवले विदुर नगरपालिका र नुवाकोटवासीलाई स्वच्छ र सुरक्षित खानेपानी व्यवस्थापनका लागि मन्त्रालयले चरणबद्ध रूपमा काम अघि बढाइरहेको जानकारी दिए।

त्यसैगरी, मन्त्री यादवले विदुर नगरपालिकामा निर्माणाधीन ढल प्रशोधन केन्द्र र वायोग्यास उत्पादन गर्ने संरचनाको पनि स्थलगत अवलोकन गरे। अवलोकनको क्रममा विदुर नगरपालिकाका विभिन्न वडाबाट संकलित ढल व्यवस्थापन गरी वायोग्यास उत्पादन गर्ने र त्यसलाई कारागारले प्रयोग गर्ने सहमति भएको जानकारी गराइएको छ।

खानेपानी मन्त्रालयले विदुर नगरपालिकाका बासिन्दालाई स्वच्छ वातावरण प्रदान गर्न र ढल व्यवस्थापन प्रभावकारी बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *