सर्लाही, १७ पुस। प्रेस सेन्टर नेपाल सर्लाहीको अध्यक्षमा सिंह बहादुर थापा (श्रवण) सर्वसम्मत चयन भएका छन्।
बुधबार सम्पन्न जिल्ला अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्षमा क्षितिज विश्वकर्मा (विनोद), महिला उपाध्यक्षमा सर्मिला रमौली, सचिवमा राधेश्याम कुशवाह, कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा, सहसचिवमा जितेन्द्र सिंह कुशवाह र सुवास कुमार मण्डल चयन भएका छन्।
त्यस्तै, सदस्यहरुमा सरोज राय यादव, चन्द्र बहादुर जिम्बा, जितेश यादव र रामनारायण साह रहेका छन्।
अधिवेशनले प्रदेश प्रतिनिधिमा सन्तोष यादव र प्रेमनाथ पौडेल तथा केन्द्रिय प्रतिनिधिमा सलिना मगर र राजेश थापा मगरलाई चयन गरेको छ।
महोत्तरीमा बस्नेत प्रेस सेन्टरको अध्यक्ष निर्वाचित
प्रेस सेन्टर नेपाल महोत्तरीको अध्यक्षमा विशाल बस्नेत निर्वाचित भएका छन्।
बर्दिवासमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिमा उपाध्यक्षमा विनय यादव, समावेशी उपाध्यक्षमा भाग्यरेखा ठाकुर, सचिवमा विकास ठाकुर, सहसचिवमा दीपक पाण्डे, समावेशी सहसचिवमा उषा आचार्य, र कोषाध्यक्षमा राजीव राय कुर्मी निर्वाचित भएका छन्।
सदस्यहरुमा अनिश साह, राधाकृष्ण सर्मा, रजनी साह, जीवनराज दाहाल, बोधराज सुवेदी, इशारा लामा, अनिशा यादव, रोहित यादव, गणेश सिंह कुशवाहा र अफताव अन्सारी चयन भएका छन्।
प्रदेश परिषद सदस्यमा साजन चिमोरिया, देवलाल गोले र रेजिना विश्वकर्मा चयन भएका छन्। केन्द्रिय परिषद सदस्यमा महेश कुमार दास र प्रेम कार्की निर्वाचित भएका छन्।
