बिरगंज ,२७ पुस।
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया स्थित सिर्सिया पुलबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा अवैध औषधिसहित एक मोटरसाइकल बरामद गरेको छ।
पुस २६ गते सिमा सुरक्षा गुल्म बीरगञ्जको टोलीले पक्राउ गरेका औषधिहरूमा Ezydoxin ट्याबलेट १११ पत्ता (मूल्य रु. ३५,५२०/-) र Meloxicam ट्याबलेट ८२० पत्ता (मूल्य रु. १,६४,०००/-) रहेका छन्। बरामद सामग्रीको कुल मूल्य रु. १,९९,५२०/- रहेको जनाइएको छ। साथै, ना १६ प ४०४५ नम्बरको Hero Honda मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान जारी राखेको जनाएको छ।
