मकवानपुरमा ठूलो मात्रामा अवैध लागूऔषधसहित तीन जना पक्राउ

बिदेश राजनीति समाचार

मकवानपुर,२८ पुस ।

मकवानपुर प्रहरीले अवैध लागूऔषध कारोबारविरुद्धको अभियानमा सफलता हात पारेको छ।

१०१ किलो गाँजासहित एक जना पक्राउ

मिति २०८१ पुस २८ गते बिहान करिब ५:३० बजे मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा चेकजाँचका क्रममा चितवनबाट वीरगञ्ज जाँदै गरेको DL 13 C 1561 नम्बरको भारतीय कार रोकी खानतलासी गर्दा १०१ किलो गाँजा बरामद भएको छ। कार चालक पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–२६ का २० वर्षीय राजन राउत कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

२१ किलो चरेश र ३ किलो अफिमसहित दुई भारतीय पक्राउ

त्यसैगरी, मिति २०८१ पुस २७ गते राति करिब २:०० बजे मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेमा चेकजाँचका क्रममा DL 8CX 1224 नम्बरको भारतीय कारमा २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिम फेला परेको छ। हरियाणाका हिसार जिल्लाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिष कुमारलाई पक्राउ गरी लागूऔषधसहित कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अवैध लागूऔषध कारोबार नियन्त्रणका लागि प्रहरीको विशेष अभियान जारी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *