पर्सा प्रहरीले बरामद गर्‍यो ठुलो मात्रामा चरेस ।

बिदेश राजनीति समाचार

बीरगंज, २९ पुस ।

पर्सा प्रहरीले ठुलो मात्रामा लागु औषध चरेस बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ता, प्रहरी बिट छपकैया र प्रहरी चौकी गणेश टोलको संयुक्त कारबाहीमा १९ किलो ५ सय ग्राम लागुऔषध चरेस बरामद गरिएको छ।

बिर्ता प्रहरीका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक बृजभूषण पाण्डे र हवलदार अभय झाको संयुक्त टोलीले बीरगंज महानगरपालिका-१६ गणेश टोलस्थित एक घरमा बोराभित्र लुकाइछिपाई राखिएको चरेस फेला पारेको हो।

विशेष सूचनाका आधारमा आइतबार राति ८ बजे गरिएको छापामारीमा उक्त चरेस बरामद भएको प्रहरीले जनाएको छ। यस विषयमा आवश्यक अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *