चार जनाको शव फेला

बिदेश राजनीति समाचार

काठमाडौं,१० माघ  । देशका छुट्टा छुट्टै स्थानमा चार जनाको शव फेला परेको छ। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै म्याग्दीको बेनी नगरपालिका-४ सिंगास्थित म्याग्दी खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन्।

उता मोरङको सुनवर्षी नगरपालिका-४ काशीजान टोलस्थित सडकको नालीमा सोही नगरपालिका-६ खिर्किडागी बस्ने ५० वर्षीय कार्तिक लाल सुतियार बुधबार मृत अवस्थामा फेला परेका छन्।

ओखलढुंगा, सुनकोशी गाउँपालिका-५ मुलखर्क बस्ने ३२ वर्षीय करण तामाङ सोही गाउँपालिका-५ लप्सीडाँडास्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *